‘फूल बुट्टे सारी’ करोड क्लबमा, अग्रज कलाकारलाई सम्मान



‘फूल बुट्टे सारी’ बोलको गीतले यूट्युबमा एक करोडभन्दा बढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो ।

‘फूल बुट्टे सारी’ को पुरुष भर्सनमा मार्मिक लामा र महिला भर्सनमा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ । महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

‘फूल बुट्टे सारी’ को महिला भर्सनको गीतको भिडियोमा पल शाह र मालिका महत तथा पुरुष भर्सनको गीतको भिडियोमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ । अब ‘फूल बुट्टे सारी’ गीत चाइल्ड भर्सनमा पनि आएको छ । उक्त विशेष समारोहको अवसरमा चाइल्ड भर्स्नको गीत सार्वजनिक गरिएको हो । जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu