अनमोलको ‘पारस’ मा आग्या ?



अभिनेता अनमोल केसीले डेब्यू चलचित्र ‘होस्टेल’ देखि ‘ए मेरो हजुर ३’ नयाँ अभिनेत्रीसँग काम गरेका छन् । ‘ए मेरो हजुर ४’ मा भने उनले पहिलो पटक एउटै अभिनेत्रीसँग दोहोर्‍याएर काम गरे । यो चलचित्रपछि ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङसँग रोमान्स गर्न लागेका उनले अर्को नयाँ चलचित्र ‘पारस’ मा नयाँ अभिनेत्री आग्या करनजीतसँग काम गर्न लागेको खबर बाहिरिएको छ ।

केही कमर्शियल विज्ञापनमा काम गरिसकेकी आग्यालाई अडिसनबाट चलचित्रमा छनोट गरिएको जानकारी प्राप्त छ । फाइनल अडिसनमा उनको स्क्रिन टेस्ट गरिएको थियो । निर्माण टिमले आग्यालाई ‘पारस’ मा अनुबन्ध गरेको आधिकारिक घोषणा नगरे पनि उनीसँग मौखिक सम्झौता भइरहेको स्रोत बताउँछ । अहिले अनमोल र आग्याबीच पनि राम्रो चिनजान भइसकेको छ ।

अनमोलले ६ दिन अगाडि आफ्नो इन्स्टाग्राममा सुनसान ठाउँमा ओछ्याइएको विछ्यौनामा खिचेको एक तस्विर शेयर गरेका थिए । यो तस्विरको क्रेडिट उनले आग्यालाई दिएका छन् । त्यस्तै, सेप्टेम्बर २० तारिखमा आग्याले अनमोल र अनुपविक्रम शाहीसँगको भेटको एक तस्विर इन्स्टाग्राममा पोस्ट्याएकी थिइन् । यसले पनि उनी ‘पारस’ मा अनुबन्ध भएको कुरालाई थप बल पुर्‍याएको छ ।

इन्स्टाग्राममा २० हजार फलोअर्स रहेकी आग्याको अनमोलसँग केमेस्ट्री सुहाउने देखिन्छ । उनले इन्स्टामा पोस्ट गरेका तस्विरहरु निकै सुन्दर छन् । उनका तस्विरहरुमा अनमोलले पनि कमेन्ट र रियाक्ट गर्ने गरेका छन् । अहिले आग्याले चलचित्रमा प्रवेश गर्न आफूलाई तयार बनाइरहेकी छन् । ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्रलाई अभिनेता भुवन केसीले निर्माण गर्नेछन् ।

https://www.instagram.com/p/CHuqjVqFnT-/?utm_source=ig_web_copy_link
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu