साहिलको निर्देशनमा ‘एक्लै हुँदा परदेशमा’ (भिडियो)



अभिनेत्री गौरी मल्ल र नायक पल शाहले पहिलो पटक एकसाथ काम गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘एक्लै हुँदा परदेशमा’ बोलको गीतमा गौरी र पल आमा छोराको भूमिकामा देखिएका छन् । साहिल खानले निर्देशन गरेको भिडियोमा परदेशीको पीडा देखाइएको छ ।

गीतमा शब्द तथा स्वर कमल राई (सिजन) को छ । संगीत तारा प्रकाश लिम्बुले दिएका छन् । भिडियोलाई सुमी राईले निर्माण गरेका हुन् । भिडियोका कथाकार सरोज सुब्बा हुन् भने छायाँकन अर्जुन तिवारीको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu