देवांशसँग पनि साम्राज्ञीको ब्रेकअप ?



अभिनेत्री साम्राज्ञी आरएल शाहको मयंक खड्कापछि देवांश राणासँग पनि ब्रेकअप भएको चर्चाले चलचित्र क्षेत्र तातेको छ । उनीहरुले २ वर्ष अगाडिदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । साम्राज्ञी चलचित्रको घोषणा कार्यक्रममा समेत प्रेमीको हात समातेर पुग्ने गरेकी थिइन् । उनले आमा नेहा आरएल शाहले गाएको गीतको भिडियोमा समेत देवांशसँग अभिनय गरेकी छन् ।

अहिले भने उनीहरु एकअर्काबाट अलग भएको खबर छ । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा देवांशसँगका तस्विरहरु हटाएपछि उनीहरुको प्रेम सम्बन्ध टुंगिएको हल्ला चलेको हो । विशेषगरि साम्राज्ञीको इन्स्टा स्टोरीमा देवांश दिनहुँ जसो झुल्किरहेका हुन्थे । तर, गएको दुई महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शुन्यझैँ छ । न त पोस्ट भएका तस्विर नै छन् ।

देवांशको सामाजिक सञ्जाल हेर्ने हो भने पनि उनीहरुको प्रेम सम्बन्ध सकिएको हल्लालाई पुष्टि गर्छ । उनले साम्राज्ञीसँगका तस्विरहरु इन्स्टाग्राम र फेसबुकबाट हटाइसकेका छन् । अहिले उनी ब्रेकअपको पीडा भुलाउन जन्मथलो नेपालगञ्ज पुगेका छन् । त्यहाँ उनको परिवारले ठूलो लगानीमा स्नेहा होटल सञ्चालन गरेको छ । यो होटलमा साम्राज्ञी पनि कयैन् पटक पुगिसकेकी छन् ।

देवांश र साम्राज्ञी विवाहको तयारीमा रहेको खबर समेत बाहिरिएको थियो । दुवैको परिवारले विवाहको अनुमति दिएका कारण उनीहरु २ वर्षभित्र विवाह बन्धनमा बाँधिने सोचमा थिए । तर, यो जोडीको प्रेम सम्बन्ध विवाहमा परिणत हुन नपाउँदै टुंगिएको खबर छ । २ वर्षअघि बालीमा खिचेको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुको प्रेम चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu