किरणको ‘फेवा’ मा छुल्ठिम र तिर्थको प्रेम (भिडियो)



किरण घिमिरे ‘माइकल’ को स्वरमा रहेको ‘फेवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा युवा युवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायांकन गरिएको भिडियोमा समावेश दृश्यहरु लोभलाग्दा छन् ।

गीतमा समावेश शब्द तथा संगीत मिठासपुर्ण लाग्छन् । गीतमा संगीत पनि गायक माइकलको नै छ भने शब्द लेखनमा माइकललाई सुदिप आत्रेयले सघाएका छन् । एरेञ्जको काम शैलेन्द्र एम। प्रधानले गरेका छन् । सारङ्गी हेमन्त कान्छा रसाइलीको छ ।

भिडियोतर्फ मोडलिङमा छुल्ठिम गुरुङ र तिर्थ कोजी फिचर्ड छन् । गाउँले युवा युवतीको भुमिकामा प्रस्तुत भएका छुल्ठिम र तिर्थको प्रेम छुल्ठिमले गाउँ छोडेसँगै टुङ्गिन पुग्छ । सौरभ लामाले क्यामेरामा तारिफयोग्य काम पस्केका छन् भने सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ । हरी लामा र सुदिप आत्रेयले भिडियोलाई निर्माण गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu