अनमोलको ‘पारस’ बाट अलग भए माधव वाग्ले



अभिनेता अनमोल केसीको अभिनय रहने चलचित्र ‘पारस’ बाट माधव वाग्ले अलग भएका छन् । उनले यो चलचित्रको निर्देशन गर्दै थिए । निर्माता भुवन केसीलाई चलचित्रको स्वामित्व सुम्पिएर उनी अलग भएका हुन् । चलचिका लागि फाइनल गरिएको कथा भुवन केसी र उनको टिमले परिवर्तन गरेपछि आफू निर्देशकको जिम्मेवारीबाट अलग भएको वाग्लेले जानकारी दिएका छन् ।

उनले भने- ‘मैले लक गरेको कथालाई उनीहरुले पुरानै ढर्रामा ढालेपछि म ‘पारस’ बाट अलगिएको हुँ । प्रदीप भारद्धाजको स्क्रिप्टलाई मैले पटकथा र संवाद लेखेर लक गरेको थिएँ । त्यसमा उनीहरुले चलखेल गरेर कथा परिवर्तन गरेपछि मैले सहमतिमै छाडेको हुँ । अब म नयाँ चलचित्रको तयारीमा छु ।’ चलचित्रका लागि भएको आफ्नो खर्च लिएर अलग भएको उनले बताए ।

दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘पारस’ लाई अब ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनवारले निर्देशन गर्नेछन् । अनमोल केसीको मुख्य भूमिका रहने चलचित्रका लागि अभिनेत्रीमा आग्या करनजीत फाइनल भएको चर्चा छ । यद्यपि, यसबारेमा निर्माण टिमले जानकारी दिएको छैन । अनमोलले ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेपछि यो चलचित्रको छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu