‘जनकपुरे रेल’ मा सरोज र आश्मा (भिडियो)



गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जनकपुरे रेल’ बोलको गीतमा जगत तिरुवाले र्यााप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप(अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ ।

उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । भिडियोको निर्माता नवराज शर्मा हुन् । सेभेन इलाभेन म्युजिक फ्याक्ट्रीको प्रस्तुतीमा निर्माण भएको म्युजिक भिडियो सेभेन इलाभेन म्युजिक फ्याक्ट्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu