‘पल्पसा क्याफे’ माथि बन्ने नाटकमा स्वस्तिमा



रंगमञ्चले सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, बुद्धि तामाङ लगायत धेरै उम्दा कलाकार नेपाली चलचित्रलाई दिएको छ । पछिल्लो समय भने चलचित्रमा स्थापित कलाकारहरुको रंगमञ्चतर्फ आकर्षण र सक्रियता बढेको पाइन्छ । नम्रता श्रेष्ठ, राजेश हमाललगायतका कलाकारहरुले फुर्सदको समयमा नाटकमा अभिनय गर्ने गरेका छन् ।

यसबीच, अहिलेकी हटकेक अभिनेत्री स्वस्तिमा खड्काले पनि नाटकमा अभिनय गर्ने भएकी छन् । नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । थिएटर भिलेजका निर्देशक बिमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल चलिरहेको छ ।

चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय गर्नेछिन् । पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन् । आफ्नो मनपर्ने उपन्यासमाथि बन्न लागेको नाटकमा अभिनय गर्ने अवसर पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । नाटक सकिएपछि भने उनी चलचित्र ‘चिसो मान्छे’ को छायांकनमा व्यस्त हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu