‘फाइटर’ मा ऋतिक र दीपिका



अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई एकसाथ चलचित्रमा हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ । सिद्धार्थ आनन्दको नयाँ चलचित्र ‘फाइटर’ मा उनीहरुले सँगै काम गर्ने भएका छन् । आइतवार ऋतिकको जन्मदिनमा अवसरमा यो चलचित्रको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । निर्देशक अनन्दले एक भिडियोमार्फत् चलचित्रको घोषणा गरेका हुन् ।

ऋतिकले फिल्मको मोसन पोस्टर शेयर गर्दै इन्स्टामा लेखेका छन्, ‘मारफ्लिक्स भिजनको ‘फाइटर’ को एक झलक प्रस्तुत गर्दछु । दीपिका पादुकोणसँग मेरो पहिलो उडान हुनेछ । म यो ठूलो सफरका लागि पूर्ण रुपमा तयार छु, सिद्धार्थ आनन्द ।’ उनले चलचित्रको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । चलचित्रको मोसन पोस्टरको भिडियोमा ऋतिकको आवाज सुन्न सकिन्छ ।

चलचित्रको रिलिज डेट २०२२ सेप्टेम्बर ३० तारिखलाई तोकिएको छ । चलचित्रको बारेमा निर्देशक आनन्द भन्छन्, ‘भारतीय र विश्वका दर्शकका लागि मेरो मनपर्ने स्टार ऋतिक र दीपिकालाई एकसाथ लिएर आउनु मेरो लागि सबैभन्दा रोमान्चक क्षण हो । म भारतमा एक्सन चलचित्र बनाउनका लागि समर्पित प्रोडक्शन हाउस मारफ्लिक्सको सफर सुरु गर्नका लागि पनि रोमान्चित छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu