हिन्दी, तमिल र भोजपुरी भाषामा डब हुँदै ‘लप्पन छप्पन २’



आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ । यो चलचित्र नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको हो । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो । चलचित्रको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताए ।

उनले भने- ‘म केही दिनमा चलचित्रको डबिङका लागि मुम्बई जाँदैछु । म पहिला त्यहाँ बसेर आएका कारण राम्रो चिनजान छ । नेपालमा चलचित्र प्रदर्शन भएपछि भारतको ओटीटीमा रिलिज गर्ने तयारी छौं । यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ र उनीहरु सकारात्मक देखिएका छन् ।’ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफूले प्रयास गरेको उनी बताउँछन् ।

एक्सन जनरामा निर्माण भएको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व। दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।

पुरुषोत्तम प्रधानले खिचेको चलचित्रको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले लेखेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन छ । यो चलचित्रको पहिलो श्रृंखला २०१४ मा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu