‘एउटा यस्तो प्रेम कहानी’ ले थाल्यो प्रदर्शन



माघे संक्रान्तिको असर पारेर बिहीवारबाट मल्टीस्टारर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ । दिपेश सापकोटा निर्देशित यो चलचित्रलाई मल्टीप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र चलचित्रलाई कूल १२ सोज बाँडेको छ । लकडाउनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली चलचित्र हो ।

१ घण्टा ३५ मिनेट लम्बाईको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय रहेको छ । यही चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुन् ।

यशोदा राई र दिनेश दर्शनधारी निर्माता रहेको चलचित्रको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्मित यस चलचित्रलाई विके फिल्मस् र एफडी कम्पनीले देशभर वितरण गरेको छ । प्रचार(प्रसार बिनै प्रदर्शनमा आएको यो चलचित्रले फिल्म क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu