‘मनसँग मन’ को गीत रिलिज (भिडियो)



चलचित्र ‘मनसँग मन’ को प्रदर्शन मिति घोषणा गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहेको छ ।

यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा राउतको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ । चलचित्रमा पल र पूजालाई गीतमा मात्र देख्न पाइनेछ ।

चलचित्रमा महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय रहेको छ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका पुष्प र वर्षा चलचित्रलाई लिएर उत्साहित छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu