यस्तो रह्यो श्वेता र विजयन्द्रको रिसेप्सन पार्टी (फोटो र भिडियोसहित)



विवाह बन्धनमा बाँधिएको डेढ महिनापछि अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयन्द्र सिंह रावतले बिहीवार काठमाडौंस्थित अलफ्ट होटलमा भव्य रिसेप्सन पार्टी दिएकी छन् । विवाहको दोस्रो दिन गोकर्ण फरेस्ट रिसोर्टमा श्वेताका आफन्त र धनगडीमा विजयन्द्रका आफन्तहरुलाई रिसेप्सन पार्टी दिएका उनीहरुले बिहीवार सेलिब्रेटी र मिडियाकर्मीलाई रिसेप्सन पार्टी दिएका हुन् ।

पार्टीमा श्वेताले भुँईसम्म घिस्रिएको लामो लेहंगा लगाएकी थिइन्, जसमा उनलाई निकै सुन्दरी देखिएको थियो । विजयन्द्र भने कालो रंगमा बुट्टा भरिएको सुटमा ठाटिएर पुगेका थिए । श्रीमानको हात समात्दै पार्टीमा प्रवेश गरेकी श्वेताको सासु(ससुरासँग पनि प्रेममय सम्बन्ध देखिएको थिए । श्वेता र विजयन्द्रलाई विवाह बन्धनको शुभकामना दिन चलचित्रकर्मीदेखि राजनीतिज्ञसम्म पुगेका थिए ।

विघटित प्रतिनिधि सभाका सभामुख अग्नी खरेल नव(विवाहित जोडीलाई शुभकामना दिन पार्टीमा सबैभन्दा अगाडि पुगेर बाहिरिएका थिए । त्यस्तै, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य दाम्पती, नीर शाह, करिश्मा मानन्धर, रेखा थापा, आँचल शर्मा दाम्पती, कोमल वली, केदार घिमिरे, आकाश अधिकारी, एलिजा गौतम, आकाश श्रेष्ठ, पूजा शर्मालगायत पनि पार्टीमा उपस्थित थिए ।

पार्टीमा उपस्थित अतिथीहरुले श्वेता र विजयन्द्रको जोडी सुहाएको भन्दै बैबाहिक जीवनको शुभकामना दिएका थिए । साँझको साढे ८ बजे अलफ्ट होटलले तयार पारेको केक काटेका उनीहरुले पार्टीमा उपस्थिति भएर शुभकामना र आर्शिवाद दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । श्वेताले विवाहको समयदेखि शुभचिन्तकबाट मिलेको मायाले आफूहरुलाई उर्जा मिलेको बताइन् ।

‘विवाहको समयदेखि नै हामीलाई माया गर्ने शुभचिन्तकहरुले सोसल मिडियाबाट देश-विदेशदेखि धेरै माया र कमेन्ट गर्नुभएको छ । हामीलाई आर्शिवाद दिनुभएको छ । यहाँहरुले दिनुभएको आर्शिवादले हामीलाई छुट्टै उर्जा मिलेको छ । जिन्दगीका अगाडि बढ्न हौसला मिलेको छ,’ केक काट्ने क्रममा उनले भनिन् । आफूले धेरै राम्रो परिवार पाएकोमा पनि श्वेताले खुसी व्यक्त गरिन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu