‘एउटा यस्तो प्रेम कहानी’ लाई दर्शक पाउनै सकस !



पुष १० गतेबाट सुनेमा हल खुले पनि नयाँ चलचित्र प्रदर्शन हुन सकेका थिएनन् । माघे संक्रान्तिबाट अभिनेता शिव श्रेष्ठ निर्मित तथा अभिनीत चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको छ । अन्य निर्माता यो समयमा चलचित्र प्रदर्शन गर्न तयार नहुँदा अभिनेता श्रेष्ठले जोखिम उठाएका थिए । यो चलचित्रले सिनेमा हलमा दर्शक फर्काउनेमा चलचित्रकर्मीदेखि हल सञ्चालकसम्म आशावादी थिए ।

तर, मल्टीस्टारर यो चलचित्रलाई प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको खडेरी लागेको छ । चलचित्रले घरेलु बक्सअफिसबाट लगानीको एक तिहाइ पनि उठाउन गाह्रो पर्ने देखिएको छ । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा सिनेमा हलमा दर्शक बढ्न सकेका छैनन् । समीक्षकले त यो चलचित्रलाई शिव श्रेष्ठको करिअरकै सबैभन्दा कमजोर चलचित्र भनेका छन् ।

वितरक गोपालकाजी कायस्थले सिनेमा हलमा चलचित्रको अवस्था दयनीय रहेको स्वीकार गरे । उनले भने- ‘बिहीवार केही राम्रो थियो । शुक्रवार विजोग भयो । शनिवार पनि हलमा दर्शकको उपस्थिति त्यस्तो उत्साहजनक थिएन । आइतवारबाट झन् डामाडोल नै छ ।’ नयाँ चलचित्र हेर्न समेत दर्शक किन हलमा नआएका होलान् ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चलचित्र नै गतिलो हुनुपर्‍यो नी ।’

दिपेश सापकोटा निर्देशित यो चलचित्रबाट शिवका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेको एक्सन लभस्टोरी चलचित्रमा शिवका अलावा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइराला लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu