४० वर्षका भए निश्चल, घोषणा गरे ‘जिन्दाबाद’



निर्देशक निश्चल बस्नेत आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । वि.सं. २०३७ साल माघ ४ गते काठमाडौंमा जन्मिएका उनी ४० वर्षमा टेकेका छन् । दोस्रो सन्तानको रुपमा जन्मिएका उनका एक दिदी र एक बहिनी छन् । चलचित्र ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् ।

निर्देशक हुनुभन्दा अगाडि निश्चल खेलाडी र गायक बन्न चाहन्थे । उनले यी क्षेत्रमा लामो समय संघर्ष पनि गरे तर सफलता पाउन सकेनन् । डेढ दशकअघि उनले गायक बन्न केही गीतहरु रेकर्ड गराएका थिए । तर, अहिले ती गीतहरु कुन कुनामा छन् उनैलाई थाहा छैन । गायन र खेलकुदमा सफलता नमिलेपछि उनी थ्रिडी एनिमेसन अध्ययनका लागि अष्ट्रेलिया उडेका थिए ।

‘लुट’ बाट नेपाली चलचित्रको धार नै परिवर्तन गरेका निश्चलले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । पछिल्लो निर्देशित चलचित्र ‘लुट २’ बाट आलोचना खेपेपछि चार वर्ष चलचित्र निर्देशन नगरेका उनी यो समयमा चलचित्र अभिनयमा व्यस्त भए । ‘दुई रुपैयाँ र प्रसाद’ मा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा मोडलिङसँगै आवाज पनि भरेका छन् ।

अब चार वर्षपछि उनी चलचित्र निर्देशनमा फर्किँदैछन् । आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमार्फत यस वर्ष चलचित्र ‘जिन्दाबाद’ निर्देशन गर्ने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यही दिएँ आफैंलाइ शुभकामना ।’ चलचित्रको स्क्रिप्ट ‘कर्णाली ब्लुज’ का लेखक बुद्धि सागरले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu