मिस्टर आरजेको ‘माकुरी’ सार्वजनिक (भिडियो)



र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आरजेको र्‍याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत छ । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरुलाई देख्न सकिन्छ । जिबेश गुरुङ, एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र समारिका र स्मारिका ढकालले भिडियोमा अभिनय गरेका छन् । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मेहनतका साथ आफूले काम गरेको र दर्शकको प्रतिक्रियाका लागि प्रतिक्षारत रहेको उनले बताए । भिडियो हरि हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu