‘गोर्खे’ को गीत सार्वजनिक (भिडियो)



सन्तोष ढकाल निर्देशित चलचित्र ‘गोर्खे’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोर्खे गोर्खे’ बोलको गीतको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । शास शाक्यको स्वर र संगीत रहेको गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द सिर्जना छ । चलचित्रका चल-अचल दृश्य समावेश गरिएको गीतको भिडियोमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ लगायतका कलाकारहरु फिचर छन् ।

पोखरा, काठमाडौंलगायतका स्थानमा खिचिएको चलचित्रमा रविन्द्र र अर्जुनका अलावा अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको पनि अभिनय छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाले निर्माण गरेको चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा वाचन गरेको छ ।

काजी लिम्बुको कथा रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।निर्माण सम्पन्न भएको लामो समय भइसके पनि यो चलचित्र कोरोनाका कारण प्रदर्शनमा आउन सकेको थिएन । अब सिनेमा हलहरु खुलेका कारण यस वर्षको अन्तिममा चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu