पहिलो पटक नाटकमा देखिँदै स्वस्तिमा



२०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको नारायण वाग्लेद्वारा लिखित कृति ‘पल्पसा क्याफे’ माथि नाटक बन्ने भएको छ । विमल सुवेदीले निर्देशन गर्ने नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले पल्पसाको भूमिका निर्वाह गर्नेछिन् । उनले पहिलो पटक नाटकमा अभिनय गर्ने भएकी हुन् । ‘बुलबुल’ मा गरेको जीवन्त अभिनयबाट वाहवाही बटुलेकी उनलाई यो नाटकका लागि अडिसन समेत लिइएको थियो ।

कोरोनाको महामारी सामान्य भएपछि मञ्चन हुने नाटकको बारेमा मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको ‘पल्पसा क्याफे’ मा स्वस्तिमाका अलावा समापिका गौतम, साजनकुमार सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, शुश्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।

पुस्तकलाई केही परिमार्जित गरेर नाटकमा प्रस्तुत गर्न लागिएको निर्देशक सुवेदीले बताए । ‘पल्पसा क्याफे’ माथि नाटक बनाउनुको कारणबारे उनले भने, ‘केही वर्ष अगाडि हामीले पोखरामा द्वन्द्वकालमा वेपत्ता पारिएका व्यक्तिका परिवारको कथामा ‘खबर हराएका चिठी’ मञ्चन गरेका थियौं । यसपछि मैले अर्को नाटक गर्दा द्वन्द्वकै समयको कथा भन्छु भनेर प्रण गरेको थिएँ ।’

पुस्तकले तत्कालिन शसत्र द्वन्दको चित्रण गरेका कारण यसलाई नाटकमा उतार्न लागेको उनले बताए । त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक नाटकमा काम गर्न लागेका कारण उत्साहित र थ्रिल दुवै रहेको बताइन् । ‘पल्पसा’ पात्रलाई न्याय गर्न आफूले कडा मेहननत गरिरहेको उनी बताउँछिन् । उनले नाटकमा काम गर्ने इच्छा पूरा हुन लागेकोमा पनि खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu