दीपक श्रेष्ठको ‘घिन्ताङ’ मा एलिजा र गौरव



पारिवारिक चलचित्र बनाउन सिपालु मानिने दीपक श्रेष्ठ सात वर्षपछि निर्देशनमा फर्किने तयारीमा छन् । पछिल्लो पटक ‘रङ वे’ निर्देशन गरेका उनी अब ‘घिन्ताङ’ नाममा नयाँ चलचित्र बनाउँदैछन् । चलचित्रका लागि मुख्य कलाकार समेत फाइनल गरिएको छ । केही दिन अगाडि ‘अनुराग’ बाट अभिनेत्रीमा डेब्यू गरेकी एलिजा गौतमसँग निर्देशक श्रेष्ठको कागजी सम्झौता भएको थियो ।

मुख्य नायकमा विपिन कार्की हुने चर्चा थियो । तर, उनले अन्य चलचित्रलाई समय दिनुपर्ने भएपछि ‘घिन्ताङ’ मा अभिनेता गौरव पहारीको प्रवेश भएको छ । उनीसँग निर्देशक श्रेष्ठले कागजी सम्झौता गरिसकेका छन् । अब यो चलचित्रमा एलिजा र गौरवको जोडी बाँधिनेछ । गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथालाई पर्दामा उतार्न लागेको निर्देशक श्रेष्ठको भनाई छ ।

एक समय निर्देशनमा भ्याइनभ्याइ हुने गरेका उनी समय, काल, परिस्थितिका कारण निर्देशनमा फर्किन समय लागेको बताउँछन् । ‘पापी मान्छे, भाई, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीर’ जस्ता एकसेएक सुपरहिट चलचित्रको निर्देशन गरेका उनी नेपालमा सिक्वेल चलचित्र निर्माणको सुरुवात गर्ने पहिलो निर्देशक समेत हुन् । उनले केही चलचित्रमा अभिनय पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu