ऋषिराजको ‘चुरीफुरी’ मा हाँस्य कलाकारको भीड



निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’ को छायांकन सुरु गरेका छन् । अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रमा हाँस्य टेलिश्रृंंखला र वेब सिरिजका हाँस्य कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रका मुख्य नायक र नायिका भने गोप्य राखिएको छ । चलचित्रमा निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको छ ।

चलचित्रमा विन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारहरुको अभिनय हेर्न पाइनेछ ।

आरवी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रको सह निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu