‘परदेशी २’ आउँदो दशैंमा आउने



नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । चलचित्रको छायांकन सकिएपछि निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताए । चलचित्रको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा छायांकन गरिएको हो ।

निर्माता राजेश वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किँदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए । उनले भने, ‘यसवर्षको दशैंमा प्रदर्शन गर्ने सोँचका साथ चलचित्रको छायाँकन शुरु गरेका थियौँ, तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउँदो वर्ष दशैंमा प्रदर्शन गर्छौ ।’ चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक रायमाझीले बताए ।

उनले चलचित्रको विषयवस्तुले दर्शकको मनछुने बताए । ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौँ । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ,’ निर्देशक रायमाझीले भने । नारायण ईन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी २’ को निर्माण गरेका हुन् ।

चलचित्रको कथा रमेश विजीले तयार पारेका हुन् । चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट प्रकाशले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu