पहिलो पार्ट नबन्दै ‘गोर्खा वारियर २’ बन्ने



निर्देशक मिलन चाम्सले आउँदो फागुन पहिलो साताबाट ठूलो बजेटमा निर्माण हुन लागेको चलचित्र ‘गोर्खा वारियर २’ को छायांकन सुरु गर्ने भएका छन् । रोचक कुरा के छ भने यो चलचित्रको पहिलो पार्ट निर्माण नहुँदै दोस्रो पार्ट बनाउन लागिएको हो । यो चलचित्रको पहिलो पार्टको निर्माण दोस्रो पार्टको छायांकन सकिएपछि हुने निर्देशक चाम्सले जानकारी दिएका छन् ।

दोस्रो पार्टको छायांकन सबैभन्दा अगाडि निर्माण गर्न लाग्नुको कारणबारे चाम्सले भने- ‘यसको चारवटा सिरिज बन्नेछ । जसमध्ये दोस्रो पार्टको छायांकन नेपाल र मलेशियामा हुनेछ । पहिलो पार्टको सबै छायांकन विदेशमा हुने भएकाले तत्काल सम्भव भएन । यसैले पहिला दोस्रो पार्ट बनाउन लागेका हौं ।’ फागुनबाट चलचित्रको छायांकन सुरु हुने उनले बताए ।

‘गोर्खा वारियर २’ मा प्रायः नयाँ कलाकारको अभिनय रहनेछ । यसको पहिलो पार्टमा भने दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटीलगायतको अभिनय रहनेछ । यसको चारैवटा सिरिजले नेपाली वीर गोर्खालीको कथा भन्नेछ । निर्देशक चाम्स यस वर्ष ‘गोर्खा वारियर २’ को छायांकन सकाएर २०२२ मा प्रदर्शन गर्ने तयारीमा छन् । नेपालपछि चलचित्रको छायांकन मलेशियामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu