पिता बने दुर्गेश



गायक तथा मोडल दुर्गेश थापा छोराका पिता बनेका छन् । उनकी श्रीमती प्राची लामाले आइतवार छोरीलाई जन्म दिएकी हुन् । दुर्गेशले छोरीसँगको एक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ ।’ प्राप्त जानकारी अनुसार, बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो छ ।

प्राचीसँग केही वर्ष अगाडि दुर्गेशले प्रेम विवाह गरेका हुन् । तीज गीत ‘बिच्च बिच्चमा’ पछि चर्चामा आएका दुर्गेश अहिलेका सर्वाधिक व्यस्त मोडल समेत हुन् । यसपालीको दशैंमा उनले ‘डन आयो डन’ को दोस्रो पार्ट लिएर आएका थिए । उनले गाएका गीत प्रायः विवादमा पर्ने गरेका छन् ।

उनले अभिनय गरेका ‘राजा, आलु जस्तो गायक, तिमी यति राम्री किन, बिच्च बिच्चमा २, मासु पाडाको, वीर गोर्खाली, माया हाँसेको’ लगायतका दर्जनौं गीत हिट छन् । एक अन्तर्वार्तामा गीत गाउने क्रममा सुर र तालको तालमेल नभएपछि उनको गायन कलाको निकै आलोचना भएको थियो । यही कारण उनले ‘आलु जस्तो गायक’ गीत बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu