वरुणले नताशासँग कसे लगनगाँठो



अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । आइतवार उनले प्रेमिका नताशा दलालसँग लगनगाँठो कसेका हुन् । अलीबागको द म्यानसन हाउस रिसोर्टमा भएको विवाह समारोहमा दुई पक्षका नजिकका साथी र परिवारको मात्र उपस्थिति रहेको थियो । वरुण र नताशाको लभस्टोरी ‘बि टाउन’ मा निकै चर्चामा रहेको थियो । उनीहरु एकअर्कालाई बाल्यकालदेखि जान्दथे ।

अध्ययन पूरा भएपछि उनीहरुको फेरि भेट भएको थियो र दुवै प्रेममा डुबेका थिए । कयौं वर्ष प्रेम सम्बन्ध लुकाएपछि वरुणले नताशासँगको प्रेम स्वीकार गरेका थिए । उनीहरुले विवाहलाई निकै प्राइभेट राखेका थिए । विवाहपछि वरुणले इन्स्टाग्राममार्फत् विवाहका तस्विरहरु शेयर गरेका छन् । तस्विरमा वरुण र नताशालाई दुलहा-दुलहीको भेषमा निकै सुन्दर देखिएको छ ।

इन्स्टामा तस्विर शेयर गर्दै वरुणले लेखेका छन्, ‘जिन्दगीभरको प्रेम अब आधिकारिक भयो ।’ कोरोनाका कारण वरुण र नताशाको विवाह समारोहमा निकै कम अतिथी बोलाइएको थियो । भारतीय मिडियाका अनुसार, वरुण आफ्नो विवाहको रिसेप्सन पार्टी २ फेब्रअरीमा दिने तयारीमा छ । यसका लागि सलमान खानदेखि दीपिका पादुकोणसम्मलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu