प्रदीपको ‘प्रकाश’ बाट रेनुले डेब्यू गर्ने
दिनेश राउतले निर्देशन गर्ने चलचित्र ‘प्रकाश’ बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छन् । अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका हुन् । ब्याचलर अध्ययन गरेकी रेनु थ्रिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् ।

निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले चलचित्रमा लिएका हौं ।’ रेनुले हालसम्म १० वटा भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् । फागुन दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा अभिनेता प्रदीप खड्का पहिला नै फाइनल भइसकेका थिए ।

जुम्लामा छायांकन गरिने चलचित्रको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा प्रदीप खड्काले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् ।