क्लब प्लाटिनममा सविन राईले प्रस्तुती दिँदै



फ्रेवुअरी ५ देखि काठमाण्डौको दरबारमार्गमा क्लब प्लाटिनम सञ्चालनमा आउने भएको छ । क्लब सञ्चालनको पहिलो दिन पप गायक सविन राइले क्लबमा प्रस्तुती दिने संचालक नितिश शाहीले जानकारी दिएका छन् । नेपाली यूवायूवतीमाझ लोकप्रिय रहेका सविनको प्रस्तुतीमा दर्शक झुम्ने आशा सञ्चालनको छ ।

क्लब प्लाटिनम कोरोना महामारी अगाडि पनि सामान्य ढंगले सञ्चालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका सञ्चालनले यसलाई नयाँ ढंगले निर्माण गर्ने मौका भने पाए ।

नेपालमै पहिलो पटक ‘लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको संचालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu