पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ नयाँ वर्षमा ?



अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर चलचित्र ‘कृष्ण लीला’ अहिले सम्पादन टेवुलमा छ । केही दिनमा चलचित्रको पहिलो गीत सार्वजनिक गरेर प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ । स्रोतले दिएको जानकारी अनुसार, निर्माण पक्ष नयाँ वर्ष (२०७८) मा चलचित्र प्रदर्शन गर्ने तयारीमा जुटेको छ । चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

यो चलचित्र नयाँ वर्षमा प्रदर्शन भए पुष्पलाई निकै तनाब हुने देखिन्छ । किनकि, उनी अभिनीत अर्को चलचित्र ‘मनसँग मन’ नयाँ वर्षको छेको पारेर आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको शीर्ष गीत सार्वजनिक भइसकेको छ । ‘कृष्ण लीला’ ले पनि नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरे पुष्पको बक्सअफिसमा आफैंसँग भिडन्त हुनेछ, जुन हेर्न निकै रोचक हुनसक्छ ।

‘कृष्ण लीला’ मा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतको पनि अभिनय छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu