‘गणपति’ टिमसँग मुकुनको जन्मदिन



चलचित्र ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिकामा जीवन्त अभिनय गरेपछि चर्चामा आएका मुकुन भुषाल बिहीवार आफ्नो जन्मदिन मनाइरहेका छन् । यसपालीको जन्मदिन उनले चलचित्र ‘गणपति’ को सेटमा मनाएका छन् । बिहीवार विहान चलचित्रको टिमसँग ‘होममेड’ केक काट्दै उनले जन्मदिन मनाएका हुन् । आफ्नो जन्मदिन विशेष बनाएकोमा उनले निर्माण टिमलाई धन्यवाद दिएका छन् ।

ओस्कार कलेजबाट चलचित्रमा स्नातकसम्मको अध्ययन पूरा गरेर भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमा स्नातकोत्तर गरेका मुकुनले ‘बुलबुल’ बाट अभिनय करिअर सुरु गरेका हुन् । यो चलचित्रमा गरेको जीवन्त अभिनयले उनलाई उच्च कोटीको अभिनेताको रुपमा स्थापित गरेको छ । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन ।

‘बुलबुल’ पछि उनले ‘झिँगेदाउ, बिच्छेद’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । ‘गणपति’ पछि उनी चलचित्र ‘भाँडाकुटी’ को छायांकनमा व्यस्त हुने तयारीमा छन् । फुर्सदको समयमा विभिन्न चलचित्र कलेजमा अभिनय सम्बन्धि अध्ययन पनि गराउँदै आएका मुकुनको ‘गणपति’ मा अभिनेत्री मेनुका प्रधानसँग जोडी बाँधिएको छ । चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् ।

निर्देशक अधिकारीकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् । फिल्ममा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु महर्जन, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एललाई पनि अभिनय गर्दै देख्न पाइनेछ । यो चलचित्रको अहिले बन्दीपुरमा छायांकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu