सहानाको एकतर्फी मायामा रोविन (भिडियो)



राजन कार्कीको स्वरमा रहेको रोमान्टिक थिमको ‘सुस्तरी हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक कार्कीको शब्द तथा संगीत रहेको छ । अकेसा इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको भिडियोमा रोविन पोखरेल र सहाना आरएल ठकुरीको अभिनय छ ।

नविन गिरीको छायांकन रहेको गीतको भिडियोलाई अभिनास डिसीले सम्पादन गरेका हुन् । प्रेमभाव बोल्ने गीतले दर्शक/स्रोताको मन जित्नेमा गायक कार्की विश्वस्त छन् । यो गीतले आफूलाई गायकको रुपमा स्थापित गर्ने उनको विश्वास छ । उनले गीतको मर्म अनुसार भिडियो बनेकोमा पनि खुसी व्यक्त गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu