श्वेता खड्काकी बहिनी र पत्रकार उत्सवविरुद्ध सुष्माको उजुरी



आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले अर्की अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र चलचित्र पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति दरबारमार्गमा रहेको लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।

आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ । आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले उजुरी दिएकी हुन् । उनले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएकी छन् । प्रहरी दुवै पक्षलाई बोलाएर छलफल गराउने तयारीमा रहेको बुझिएको छ ।

सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी मनाउन लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुगेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् । उनले श्वेता खड्काले पनि आफूलाई गाली गलौज गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu