डा. शिबको शब्द, संगीतमा ‘अभागी त म हुँ’ रिलिज (भिडियो)



काठमाण्डौ। कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’ को भिडियो सार्वजनिक भएको छ । हालै सार्वजनिक भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ।

डा . शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतको भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । गीतमा मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ । एकअर्काबिच माया हुँदाहुँदै पनि बाध्यताले छुट्टिन परेको कथालाई सेञ्चुरी र गुरुङले अभिनय मार्फत उतारेका हुन् । पछिल्लो समय गीत लेखन र संगीतमा सर्जक डा. सुबेदी लोकप्रिय छन् ।

२०६५ सालमा ‘घामजस्तो चम्किलो जुन हुदैन’ पछिका उनका गीत प्रायः लोकप्रिय बनेका छन् । शिब सुबेदी नामक युट्युब च्यानलबाट आएको यस गीतलाई गुल्मी जन्मेर लामो समयदेखि फिनल्याण्डमा बसिरहेका नबिन रुक्मिणी भट्टराईले प्रस्तुत गरेका छन् । नबिन आफैमा पनि गायक हुन् । उनका ‘तिम्रै झल्को दियो’, ‘आमा’, ‘नसोध कसैले’ लगायतका गीत बजारमा आइसकेका छन्।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu