वर्षा लेख्छिन्, ‘राजनीतिमा निष्ठा र इमानदारिता कल्पनामै सीमित रह्यो’



अभिनेत्री वर्षा सिवाकोटीले देशको पछिल्लो राजनीतिक अवस्थाबाट दुखी भएको बताएकी छन् । देश र जनताको हितको लागि गरिनुपर्ने राजनीति आजको समयमा पद, पैसा र निजी स्वार्थले दूषित भएको उनको गुनासो छ । बुधवार उनले फेसबुकमा लेखेकी छन्, ‘राजनीतिमा एकअर्काको अपमान गर्नु, व्यक्तिगत आक्रमण गर्नु, लाञ्छना लगाउनु सामान्य भएको देख्छु, दुख लाग्छ ।’

उनी अगाडि लेख्छिन्, ‘सम्मानजनक राजनीति, जहाँ विपक्षीको विचारको आलोचना मात्र हैन, विवेकपूर्ण विश्लेषण र विमर्श होस् । राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा होस् । जनताको मतको मान होस् । कामप्रति निष्ठा र इमानदारिता होस् । यस्तो राजनीति आज कल्पनामा मात्र सीमित रह्यो ।’ यसरी समृद्ध नेपालको अवधारणा कसरी सफल हुन्छ भनेर पनि उनले प्रश्न गरेकी छन् ।

उनले राजनीतिको यो रूप देखिरहन नपरोस् भन्दै देशले चाँडै समृद्धिको बाटो पछ्याउने विश्वास व्यक्त गरेकी छन् । विभिन्न सामाजिक र राजनीतिक विषयमा आफ्नो विचार राख्ने गरेकी वर्षाले हालै चलचित्र ‘परदेशी २’ को छायांकन पूरा गरेकी हुन् । चैतबाट नयाँ चलचित्रको छायांकन व्यस्त हुन लागेकी उनी अभिनीत नयाँ चलचित्र ‘मनसँग मन’ आउँदो चैत २७ गते प्रदर्शनमा आउँदैछ ।

https://www.facebook.com/barsha.siwakoti2/posts/10226986888837400
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu