हङ्गकङ्गमा तयार भयो गीतकार विष्णु इङ्नामको ‘औँठी बैना’



काठमाडौँ । लोकप्रिय गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीत ‘औँठी बैना’को भिडियो हङकङबाट सार्वजनिक गरिएको छ । विष्णु इङ्नामको शब्द शृजना रहेको गीतको भिडियो लोक शैलीमा तयार पारिएको छ । जसमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय देख्न सकिन्छ ।

हङ्गकङ्गमा छायांकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा) , हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय रहेको छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ । भिडियोले एक जोडी युवायुवतीको प्रेमकथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । जसको निर्माण गीतकार विष्णुले गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu