माझी बस्तीबाट श्वेताले झिकिन् हात (भिडियो)



२०७४ सालमा अभिनेत्री श्वेता खड्काले भूकम्पका कारण ध्वस्त भएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ भिमटार माझी बस्तीका ५३ घरधुरीलाई नयाँ घर बनाइदिने घोषणा गरेकी थिइन् । श्वेता श्री फाउण्डेशनमार्फत २०७४ जेठबाट एकीकृत माझी बस्ती निर्माण सुरु भएको थियो । २०७५ सालको तिहारभित्र बस्ती हस्तान्तरण गर्ने योजना अनुसार निर्माण सुरु भएको थियो ।

तर, माझी बस्ती तीन वर्षसम्म पनि निर्माण पूरा हुन सकेको छैन । यही माघ २० गते श्वेताले फेसबुक एक स्टाटस लेख्दैमा माझी बस्ती निर्माणका लागि सहयोग रकम घोषणा गर्ने दाताबाट सहयोग प्राप्त नभएको र सो बस्तीले ऋण बोकेर बसेको बताएकी थिइन् । तर, आफ्नो विवाह र पार्टीमा करोडौं खर्च गरेर माझी बस्ती चाहिँ ऋणमा डुबेर भन्नु औचित्यहिन रहेको कतिपयको तर्क छ ।

यसबीच, दुई वर्षदेखि माझी बस्ती ऋणमा डुबेको भन्दै सहयोग मागिरहेकी श्वेताले यो बस्ती निर्माणबाट हात झिकेको खुलासा भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले श्वेताले माझी बस्ती निर्माणबाट हात झिकिसकेको बताएका छन् । श्वेताश्री फाउन्डेशनले हात झिकेपछि पुनर्निर्माण प्राधिकरणले बस्ती बनाउन थालेको उनले जानकारी दिए ।

श्वेताले भनेजस्तो माझी बस्तीले ऋण बोकेर नबसेको पनि मेयर तामाङले स्पष्ट पारेका छन् । सरकारबाट भूकम्प पीडितले घर बनाउन पाउने तीन लाख, स्थानीय निकाय, जिल्लास्तर लगायतबाट आर्थिक सहयोग प्राप्त भएकाले माझी बस्ती ऋणमा नडुबेको उनको भनाई छ । बस्ती निर्माणका लागि विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि आर्थिक सहयोग भएको उनले बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu