‘गोरे सार्की’ बनाउँदै अर्जुन कुमार, निर्देशनमा गर्नेछन् डेब्यू



पछिल्लो समय नेपाली निर्माताहरु चलचित्र निर्देशनमा होमिने क्रम बढेको छ । ‘लुट’ निर्माता माधव वाग्ले चाँडै चलचित्र ‘हिमानी’ बाट निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् । त्यस्तै, ‘रुद्रप्रिया, रज्जा रानी’ फेम्ड निर्माता रमेश एमके पौडेल अहिले चलचित्र ‘तिम्रो मेरो साथ’ को निर्देशन गरिरहेका छन् । अब अर्का निर्माता अर्जुन कुमारले पनि चलचित्र निर्देशनमा हात हाल्ने भएका छन् ।

अभिनेत्री विनिता बराललाई लिएर ‘चपली हाइट’ निर्माण गरेपछि चर्चामा आएका उनी चलचित्र ‘गोरे सार्की’ बाट निर्देशक बन्न लागेका हुन् । लकडाउनको समयमा स्क्रिप्ट तयार पारेका उनले यो चलचित्रलाई आफैंले निर्माण गर्दैछन् । आउँदो जेठबाट छायांकनमा निस्कने चलचित्रका लागि मुख्य अभिनेता छनौट भइसके पनि बाँकी कलाकार छनौटको क्रममा रहेको उनले बताए ।

चलचित्र निर्माणमा बटुलेको अनुभवको आधारमा निर्देशन गर्न लागेको निर्माता कुमारको भनाई छ । ‘गोरे सार्की’ नेपालको सबैभन्दा ठूलो थ्रिलर चलचित्रहुने उनको दाबी छ । चलचित्रलाई अर्को वर्षको कार्तिकमा रिलिज लक्ष्य राखिएको छ । ‘बर्मजंगको भिडियो र खै ?’ नाममा पनि चलचित्र बनाउन लागेका निर्माता अर्जुनको नयाँ चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu