‘फटाह फणिन्द्रे’ मा कर्माको जोडी छुल्ठिम
अरुण खड्काको निर्माण र निर्देशन रहने चलचित्र ‘फटाह फणिन्द्रे’ मा अभिनेता कर्माले काम गर्ने भएका छन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले चलचित्रको मुख्य भुमिकाको लागि कमासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो ।
केही अगाडि घोषणा भएको यो चलचित्रको मुख्य भुमिकाको लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । चलचित्रको अन्य कलाकार भने छनोटको क्रममा रहेका छन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् ।

विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायांकन रहनेछ । उतक केसीको कथा रहेको चलचित्रमा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।
अरुण यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायतका चलचित्र निर्माण गरेका थिए । चैत्रको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रले अपराधको विषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । चलचित्रका निर्माण नियन्त्रक नेत्र बिष्ट हुन् ।