‘सत्यम्’ मा भित्रिए पल शाह, भर्चुअल अडिसन आह्वान



काठमाण्डौं । शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’ मा अभिनेताद्वय राजेश हमाल र अनुप विक्रम शाहीपछि अभिनेता पल शाहको प्रवेश भएको छ । कथावस्तु र आफ्नो भूमिका मन परेपछि पलले चलचित्र साइन गरेको निर्माता रेशम सापकोटाले जानकारी दिएका छन् । राजेश हमाललाई आफ्नो आदर्श मान्ने पलले पहिलो पटक हमालसँग स्क्रिन शेयर गर्न लागेका हुन् ।

कथाको माग अनुसार चलचित्रमा पललाई अनुबन्ध गरेको निर्माता सापकोटाले बताए । चलचित्रलाई उत्कृष्ट बनाउन कलाकारको टिम बलियो बनाउन लागेको उनको भनाई छ । चलचित्रको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् । रेशम गौतम र कृष्ण अधिकारी सह-निर्माता रहेको ‘सत्यम्’ मा कुटुम्ब ब्याण्डले थिम संगीत तथा ब्याकग्राउण्ड स्कोर दिनेछ ।

चलचित्रका गीतमा योगेश काजीको संगीत र गणेश पौडेलले सहायक संगीत श्रृजना रहनेछ । दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ । चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ ।

भर्चुअल अडिसन आह्वान :

एक्सन जनरामा निर्माण हुन लागेको चलचित्र ‘सत्यम्’ का लागि निर्माण टिमले अडिसनबाट पनि कलाकार छनोट गर्दैछ । यसका लागि काठमाडौं र पोखरामा अडिसन भइसकेको छ, जसमा कूल ५ सय २३ जनाले सहभागिता जनाएका थिए । अब निर्माण टिमले भर्चुअल अडिसन आह्वान गरेको छ । भर्चुअलमा नेपालसँगै विदेशबाट पनि अडिसन दिन सक्ने निर्देशक कार्कीले जानकारी दिए ।

भर्चुअल अडिसनमा सहभागी हुन चाहनेले २ मिनेटको आफ्नो अभिनय अथवा नृत्य कलाको भिडियो फेब्रअरी २१ सम्म ह्वाट्सएप नंबर +9779856030308, +9779851009802 अथवा ईमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ । यसको नतिजा एक महिनाभित्र आउने र भर्चुअल अडिसनबाट छनोट भएपछि लुक्स टेस्ट र अन्तर्वार्ता हुने निर्माता सापकोटाले बताए । फिजिकल अडिसनमा जस्तै सहभागिता भर्चुअलमा पनि हुनेमा निर्माण टिम विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu