नारीहरूको पुकारमा आधारित गीत ‘क्रन्दन’ सार्वजनिक (भिडियो)



लामो समय देखी निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न अपराधी पत्ता लाग्न नसकेको अवस्थामा हालै मात्र अर्की बालिकाको बलात्कार र हत्याको खबर सुनेको धेरै दिन भएको छैन । नाबालिग बालिकाहरूको बलात्कार र हत्याको घटना दिन प्रतिदिन बढ्दो छ । एउटा कुकृत्यको समाचार सेलाउन नपाउँदै अर्को आपराधिक क्रियाकलापको समाचार आइसक्नु नौलो कुरा रहेन ।

महिला वा बालिकाले भोग्नुपरेको यो पीडा, यो क्रन्दनलाई केही शब्दहरूमा अटाएर प्रस्तुत गर्न खोजिएको गीत ‘क्रन्दन’ भिडियो सहित सार्वजनिक भएको छ । क्रन्दन गीतका रचयिता चलचित्र लेखक, विज्ञापनकर्मी, गीतकार विजय अधिकारी हुन्, त्यसै गरी यो गीतलाई सङ्गीत दिएका छन् – चर्चित सङ्गीतकार मोहित मुनालले ।

यो गीतमा मेलिना राईको स्वर रहेको छ । एरो एड इ. प्रा. लि.को निर्माण सङ्काय अ बक्स फिल्मस्‌बाट अनन्त जोशी र विजय अधिकारीसँगको संयुक्त सहकार्यमा रियलटाइम क्रिएसनका मोहित मुनालले यो गीत निर्माण गरेका हुन् । यो गीतको भिडियोको परिकल्पना र निर्देशन स्नेहा शर्माले गरेकी हुन् । यो गीतको कोरियोग्राफी वरिष्ठ कलाकार वीरेन्द्र हमालले गरेका छन् ।

यो भिडियोमा चर्चित बालकलाकार दिभांशी बैदवारका साथै युबिना भट्टराई, मीरा के.सी., वरिष्ठ कलाकार गीता थापा, आदिको प्रस्तुति रहेको छ । भिडियोका सम्पादन तथा कलर ग्रेडिंग भरत रेग्मीले गरेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu