‘दि सेक्रेट्स अफ राधा’ मा सौगात र सृष्टि



विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा पनि एकसाथ काम गर्दै आइरहेका छन् । चलचित्र ‘मासु भात’ बाट सुरु भएको उनीहरुको सहकार्यले ‘पोइ पर्‍यो काले, माइकल अधिकारी, तीन जन्तु’ सम्म निरन्तरता पायो । अब उनीहरुलाई नयाँ चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ मा पनि हेर्न पाइने भएको छ । चलचित्रको निर्माता सौगात आफैं हुन् ।

बिहीवारबाट पालुङमा छायांकन सुरु भएको चलचित्रमा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता दयाहाङ राई र निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि चलचित्रमा विशेष भूमिकामा देखिनेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रको निर्देशन सुवर्ण थापाले गरिरहेका छन् ।

१५ दिन पालुङमा छायांकन गरेपछि निर्माण टिम बाँकी छायांकनका लागि काठमाडौं फर्किने तयारीमा छ । स्टारकास्ट ठूलो भए पनि चलचित्र भने सानो बजेटमा निर्माण हुने निर्देशक थापाले जानकारी दिए । सुवर्णले सौगात मल्लसँग सहकार्य गरेर निर्माण गरिरहेको चलचित्रको छायाँकार नरेन्द्र मैनाली हुन् । काली प्रसाद बाँस्कोटाले संगीत भरेको चलचित्रमा द्वन्द्व रहने छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu