दीवाकरको ‘जिन्दगी तिम्रो र मेरो गीत’ मा दुई पुस्ताको प्रेम (भिडियो)



प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । गीतको शब्दले प्रेमभाव व्यक्त गर्छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन ।

सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको छ भने यसमा शिव परियार र बानीका प्रधानले स्वर दिएका छन् । गीत बनेको शब्दलाई संगीतको मिठास अनुसार नै शिव र बानीकाले स्वर राखेका छन् । भिडियोलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भाव अनुसार तयार गर्ने कोसिश गरेको निर्देशक भट्टराईले बताए ।

‘हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ,’ निर्देशक भट्टराईले भने, ‘गीतमा दुइ पुस्ताको प्रेमप्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । गीतमा पासांग टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दिर्घ खड्काको सम्पादन, रिवाज कार्कीको भिएएफएक्स रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu