‘आमा’ निर्माताको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक (भिडियो)



व्यवसायिक रुपमा सफल चलचित्र ‘आमा’ का सह-निर्माता सन्तोष अधिकारी अभिनित तथा निर्देशित म्युजिक भिडियो ‘गहिरो थियो मेरो माया’ रिलिज गरिएको छ । सनुप पौडेलको स्वर रहेको गीतको भिडियो भ्यालेनटाइनस् डेको अवसर पारेर आइतबार रिलिज गरिएको हो । अष्ट्रेलियामा छायांकन गरिएको गीतको मेकिङ उच्च देखिन्छ ।

अजय कुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई चन्द सिंहले एरेञ्ज गरेका हुन् । भिडियोमा निर्देशक अधिकारीका अलवा निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ । निरञ्जन प्रधानको डिओपि रहेको गीतमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu