प्रकाश र सिर्जनाको ‘तेरो बाउ’ सार्वजनिक (भिडियो)



प्रकाश ओझा र सिर्जना खत्रीको स्वरमा रहेको नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ । कमेडी फ्लेभरको गीतको भिडियोमा ओझा र सिर्जना दुबै फिचर्ड छन् । गीतमा शब्द संगीत पनि ओझाको नै छ । र्‍याप शब्द भने सिर्जनाले लेखेकी हुन् ।

पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जीन्दगी बर्वाद बनेको कुरालाई ब्याङ्ग्यात्मक रुपमा गीतको भिडियोमा पस्किएको छ । भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । रामशरण जंगमलाई पनि भिडियोमा देख्न सकिन्छ ।

ओएसआर डिजिटलले निर्माण गरेको गीतको भिडियोलाई दिव्यराज सुवेदीले खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन छ । ओएसआरकै प्रस्तुतीमा यसअघि ओझाको गीत ‘भन्दे’ रिलिज भएको थियो । गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu