पुष्प र वर्षाको ‘मनसँग मन’ को छायांकन सकियो



चलचित्र ‘मनसँग मन’ को छायांकन सकिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार कालिञ्चोकका रमणिय स्थानमा चलचित्रमा समावेश एक गीतको सुटिङ गरेसँगै सम्पूर्ण छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन कालिञ्चोकमा गरिएको हो ।

छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ । यो चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ । कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् ।

कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको चलचिमा सन्तोष खवासको एक्सन छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ । चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय छ । चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu