आफ्नो जवानी हेरेर दंग हमाल



बच्चादेखि वृद्धसम्म सबैले चिनेको अनुहार हो, राजेश हमाल । तीन दशक नेपाली चलचित्र क्षेत्रमा विताइसकेका उनले धनाड्य शहरीया युवकदेखि गाउँमा हुर्किएको युवकसम्मको भूमिका निर्वाह गरेका छन् । यही कारण उनले चलचित्रमा निर्वाह गरेका चरित्रमा दर्शकले आफूलाई महशुस गर्दछन् । अब उनी चार वर्षपछि चलचित्र ‘सत्यम्’ बाट अभिनयमा कमब्याकको तयारीमा छन् ।

उमेरले ५५ वर्ष पार भइसके पनि आफू २१ वर्षको कलिलो युवक रहेको बताउने उनी शरीरलाई फिट राख्न दैनिक व्यायम गर्ने गर्दछन् । यही कारण बढ्यौली उमेरले छाप्दै गर्दा पनि उनी उस्तै जवान र उर्जाशिल देखिन्छन् । एक पटक पाउने जीवनलाई रवरझैँ तन्काउनु पर्ने उनको कथन छ । शरीरमा फ्याटको मात्र बढी नहोस् भनेर उनले खाना खान छाडेको समेत वर्षौं भइसकेको छ ।

करिअरको उत्कर्षमा रहँदा मोवाइल समेत नबोक्ने अभिनेता हमाल अचेल सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा निकै सक्रिय देखिन्छन् । घुमफिरका तस्विरदेखि रेस्टुरेन्टमा बसेर कफि पिएका तस्विरसम्म उनले फेसबुकमा दिनहुँ पोस्ट्याउने गरेका छन् । घरमै व्यायम गरेका र आफ्नो सुगठित शरीर देखाउन टपलेस भएका तस्विरहरु पनि उनले फेसबुकमा प्रशस्तै राखेका छन् ।

सोमवार साँझ फेसबुकमा उनले आफ्नो सिग्नेचर स्टाइलमा खिचेका तीन तस्विरहरु पोष्ट गर्दै ‘जवानीलाई मेरो सलाम’ भनेर लेखेका छन् । यसबाट उनी आफ्नो जवानी हेरेर आफैं दंग परेको बुझ्न सकिन्छ । हुनत, यो उमेरमा पनि यति फिट देखिने हमाललाई धेरैले सलाम गर्ने गरेका छन् । आफ्नो शरीरलाई फिट राख्न उमेर कहिले बाधक बन्दैन भन्ने एउटा उदाहरणका पात्र हुन् हमाल ।

https://www.facebook.com/rajesh.hamal.5872682/posts/2866431866904985
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu