जमुनाको ‘स्वर्ग झैं लाग्छ’ गीत सार्वजनिक (भिडियो)



गायिका जमुना वनको नयाँ गीत सार्वजनिक भएको छ । यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको गीत गाएकी जमुनाले अहिले फेरी नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक गरिएको हो । गीतमा पुजा लामाको शब्द रहेको छ भने सुरज तामाङले कम्पोज छ । एरेन्ज भने देवेश राईको छ ।

गीतबारे बोल्दै जमुनाले भनेकी छन्, ‘मैले धेरै गीत गाएकी त छैन तर समय समयमा गीतसंगीतमा पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ । अहिलेको गीत पनि मिहिनतका साथ बनाएका छौं आशा छ दर्शक स्रोतामाफ मनपर्छ ।’ गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय रहेको छ । भिडियो न्युटोन लांथासाको निर्देशन र पृथ्वीराज दुत्ताको छायांकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu