पदमले ल्याए ‘बेबी चड्यो रे’ (भिडियो)



लामो समयदेखि क्यानडमा बस्दै आएका गायक पदम भट्टराईले नयाँ गीत लिएर आएका छन् । ‘बेबी चड्यो रे’ बोलको गीतमा रिकेश गुरुङको शब्द रहेको छ भने गायक पदम भट्टराईले आफ्नो जादुमयी आवाज भरेका छन् ।

युमी बलामी, निरजन मगर र मनिषाको अभिनय रहेको भिडियोलाई हरी हुमार्गांले खिचेका हुन् भने भिडियोको निर्देशन स्वयं युमी बलामी र निराजन मगरको छ । डान्सिङ थिमको गीतलाई निकै आकर्षक रुपमा तयार पारिएको छ ।

यो गीतको भिडियो गायक भट्टराईले आफ्नै नाममा खोलेको यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । तीन दिन अगाडि यूट्युब रिलिज भएको गीतलाई दर्शकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । जसका कारण गायक भट्टराई उत्साहित देखिएका छन् । उनका अहिलेसम्म झन्डै एक दर्जन गीत सार्वजनिक भइसकेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu