दमदार छ आलियाको ‘गंगूबाई काठियावाडी’ टिजर



अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ‘गंगूबाई काठियावाडी’ को टिजर बुधवार सार्वजनिक भएको छ । टिजरमा आलियाको दमदार अवतार देख्न सकिन्छ । १ मिनेट ३१ सेकेण्ड लामो टिजरमा उनी मात्रै छाएकी छन् । टिजरको सुरुवात भ्वाइस ओभरबाट हुन्छ । जसमा एक पुरुषले भनेका छन्, ‘भन्ने गरिन्छ कमाठीपुरममा कहिले औंसीको रात हुँदैन किनकि त्यहाँ गंगू बस्छे ।’

टिजरमा आलियाको इन्ट्री पनि जबरजस्त छ । उनले भनेकी छन्, ‘गंगू चन्द्रमा थिइ र चन्द्रमा नै रहन्छे ।’ गंगूबाईको रोलका लागि जुन हिम्मत, ताकत, रिस र निडरता चाहिएको थियो, त्यो सबै आलियामा देखिएको छ । टिजरमा उनको एकसेएक डाइलग छन् । उनले टिजरमा भनेकी छन्, ‘म गंगूबाई, प्रेसिडेन्ट कमाठीपुरम । कुमारी तपाईंहरुले छाड्नु भएन, श्रीमती कसैले बनाएन ।’

चलचित्रको सेट पनि निकै सानदार र ठूलो देखिएको छ । ‘पद्मावत’ फेम्ड निर्देशक संजय लीला भंसाली निर्देशित चलचित्र ‘गंगूबाई काठियावाडी’ को कहानी ‘द माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । टिजर सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ३० जुलाई २०२१ (साउन १५) का लागि चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।

टिजर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu