थिरसँग गरिन् अञ्जुले बिहे



गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएका छिन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुबै जना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेका हुन् ।

उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुले गाएका केही गीतमा शब्द समेत कोरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu