वर्षाले साइन गरिन् ‘कालिपुरुष’



अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र साइन गरेकी छन् । छायांकनमा जान ढिलाई भएपछि डेढ वर्ष अगाडि साइन गरेको रमेश बुढाथोकीले निर्देशन गर्ने चलचित्र ‘सुदूर’ छाडेर उनले मंगलवार ‘कालिपुरुष’ साइन गरेकी हुन् । राघव आचार्यको निर्देशनमा बन्न लागेको चलचित्रलाई विना कार्कीले निर्माण गर्दैछिन् । चलचित्रका लागि वर्षाले मोटो पारिश्रमिक बुझेको चर्चा छ ।

राघवले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उनले भारतमा चलचित्र अध्ययनसँगै केही वेब सिरिजमा काम समेत गरिसकेका छन् । मानकृष्ण महर्जनको छायांकन रहने यो चलचित्रबाट रमेश बाँनियाले नायकको रुपमा डेब्यू गर्दैछन् । सस्पेन्स थ्रिलर कथा निर्माण हुन लागेको चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेर ‘कालिपुरुष’ साइन गरेको वर्षाले बताएकी छन् ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन फागुन अन्तिम साताबाट सुरु हुनेछ । वर्षा केही दिनमा अर्को पनि चलचित्र साइन गर्ने तयारीमा छिन् । उनी अभिनीत चलचित्र ‘मनसँग मन’ आउँदो चैत २७ गते प्रदर्शनमा आउने तयारीमा छ भने मल्टीस्टारर चलचित्र ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ । उनले चलचित्र ‘गोर्खा वारियर’ पनि साइन गरेर बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu