माल्दिभ्समा प्रियंकाको जन्मदिन, रक्सी कम्पनी प्रायोजक !



अभिनेत्री प्रियंका कार्की शनिवारबाट ३३औं वर्षमा प्रवेश गरेकी छन् । २०४४ साल फागुन १५ गते काठमाडौंमा जन्मिएकी उनले यसपटकको आफ्नो जन्मदिन माल्दिभ्समा माइरहेकी छन् । उनलाई श्रीमान आयुष्मान देशराज जोशीले साथ दिएका छन् । यो जोडीले गत वर्षको फागुनमा लगनगाँठो कसेको थियो । विवाहपछि उनीहरुको यो पहिलो विदेश भ्रमण हो ।

आफ्नो जन्मदिन मनाउन प्रियंका बिहीवार श्रीमानको साथमा माल्दिभ्स पुगेकी हुन् । उनीहरुले माल्दिभ्सको समुन्द्री किनारमा एकसाथ डिनर गरेका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेका छन् । तस्विरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आयुष्मानसँग चुम्बन गरेका तस्विर पोस्ट गर्दै प्रियंकाले आफ्नो लागि यो सबैभन्दा सुन्दर दिन रहेको उल्लेख गरेकी छन् ।

रमाइलो कुरा के छ भने माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो । उनले इन्स्टाग्राम स्टोरीमा रुसलान् भोड्का नाम अंकित डिस्पोजेबल कपको एक तस्विर राख्दै माल्दिभसमा आफूहरुलाई कम्पनी दिएकोमा धन्यवाद दिएकी छन् । यो कम्पनीको नेपाल ब्रान्ड एम्बसेडर रहेकी उनको ब्याचलर पार्टीलाई पनि रुसलान् भोड्काले नै प्रायोजन गरेको थियो ।

तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मान करीब एक वर्ष कोरोनाका कारण घरभित्रै सीमित भएका थिए । विवाह गरेको दुई हप्तामा कोरोनाका कारण देश लकडाउन भएपछि उनीहरु हनिमुनमा समेत निस्कन पाएका थिएनन् । प्रियंकाको जन्मदिन र फागुन १६ गते (आज) फस्ट एनिभर्सरी मनाउन प्रायोजक बोकेर उनीहरु माल्दिभ्स पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu